सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
काठमाडौँ । चलचित्र ‘क्याप्टेन साब’को छायाङ्कन सकिएको छ । चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । चलचित्रको छायाङ्कन काभ्रे, काठमाडौँ र वीरगञ्जमा गरिएको हो।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र कृष्णबहादुर थापाले खिचेका छन् । चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो। पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन्।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा र खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिका छ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीन जनाको यो दोस्रो पटक सहकार्य हो।
दीपेन्द्र र खगेन्द्रले भनेसँगै काम गर्दै आएका छन् । चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्। निर्देशक दीपेन्द्र के खनालकै लेखन चलचित्रमा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण