पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
पाकिस्तान । पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको समन्वयमा ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार स्वदेश फर्काइने समूहमा बेलायती जहाज ‘एमएमए भ्यालोर’ले समुद्रबाट उद्धार गरेका आठ इरानी मछुवा तथा हालै अमेरिकी अधिकारीले नियन्त्रणमा लिएको ‘लेनोर÷डेभिना’ नामक जहाजका २२ इरानी चालक दलका सदस्य रहेका छन् ।
ती दुवै समूह आगामी केही दिनभित्र कराँची हुँदै इरान फर्कने अपेक्षा गरिएको दारले बताएका छन् ।
उनले इरानी नागरिकको सुरक्षित पारवहन तथा शीघ्र स्वदेश फिर्ती सुनिश्चित गर्न पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गरिरहेको बताएका छन् ।
पाकिस्तान मानवीय सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै दारले इरानी नागरिकलाई आवश्यक सबै सम्भव सहयोग उपलब्ध गराइने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण