पञ्जाबविरुद्ध हैदराबादको अहिलेसम्मकै ठूलो जीत, तेस्रो स्थानमा उक्लियो
आईपीएलको १३ औँ सिजनको २२ औँ खेलमा सनराइजर्स हैदराबादले किंग्स इलेवन पञ्जाबलाई ६९ रनले पराजित गरेको छ । आईपीएलमा पञ्जाबविरुद्ध हैदराबादको यो सबैभन्दा ठूलो जीत हो । यसअघि सन् २०१९ मा हैदराबादले पञ्जाबलाई ४५ रनले पराजित गरेको थिो ।
दुबईमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै हैदराबादले २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पञ्जाबले १६.५ ओभरमा मात्र १३२ रन बनाएर अलआउट हुनपुग्यो ।
पञ्जाबलाई सस्तोमा समेट्न रासिद खानले घातक बलिङ गरे । उनले ४ ओभरमा १ मेडेन राख्दै मात्र १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, टी नटराजन र खलिल अहमदले २–२ विकेट लिए ।
पञ्जाबका लागि निकोलास पुरनले ३७ बलमा ७७ रनको विष्फोटक पारी खेले पनि उनलाई साथ दिने अन्य ब्याट्सम्यान भएनन् । १७ बलमा यो सिजनको सबैभन्दा तीव्र गतिको अर्धशतक पुरा गरेका पुरनले आफ्नो पारीमा ५ चौका र ७ छक्का लगाए । कप्तान लोकेश राहुल र सिमरन सिंहले ११–११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
यसअघि, जोनी बेयरस्टोको ९७ रनको मद्दतले हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । बेयरस्टोले कप्तान डेविड वार्नरसँग पहिलो विकेटका लागि १ सय ६० रनको साझेदारी गरेका थिए । वार्नरले ५२ रन बनाए । योसँगै दुई जनाले १६ पारीमा १ हजारभन्दा बढीको साझेदारी पूरा गरेका छन् । दुई जनाले ५ पटक शतकीय र ४ पटक अर्धशतकीय पारी खलेका छन् । त्यस्तै, केन विलियमसनले २० रनको योगदान दिए ।
पञ्जाबका लागि रवि विश्नोईले ३ तथा अर्षदीप सिंहले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण