कोरोना संक्रमित सचेतक चौधरीलाई आईसियुमा सारियो
शनिबार, २४ असोज २०७७, ०९ : २७
काठमाडौं – कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।
वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ ।
दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन् ।
उनलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण