आईपीएल : मिडसिजन ट्रान्सफर विन्डो शुरु, एक खेल खेल्न नपाएका सन्दीपलाई टीम बदल्ने अवसर
इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औँ सिजनको आधा प्रतिस्पर्धा सकिएको छ । प्रतियोगिताको पहिलो हाफ सकिएसँगै आईपीएलमा पाँच दिनको मिड सीजन ट्रान्सफर विन्डो शुरु भएको छ । यसअनुसार दुई टोलीको आपसी सहमति अनुसार खेलाडीले फ्रेन्चाइजी बदल्न सक्नेछन् ।
ट्रान्सफर विन्डो सबै टोलीका लागि खोलिएको छ । यद्यपि, यो प्रक्रिया केवल ती खेलाडीका लागि लागू हुनेछ जसले सीजनको सात खेलममध्ये दुई या सोभन्दा कम खेलेका छन् । यसपटक ९० खेलाडी मिड सिजन ट्रान्सफर विन्डोका लागि उपलब्ध छन् ।
यसमा १२.५० करोड भारु मूल्य भएका बेन स्टोक, १० करोड मूल्य रहेका रोयल च्यालेन्जर्स बैंग्लुरुका क्रिस मोरिस, ८ करोड मूल्य भएका नाथन कुल्टर नाइल र ५.२५ करोड मूल्य भएका दिल्ली क्यापिटल्सका अजिंक्य रहाणे शामिल छन् ।
मिड सिजन ट्रान्सफरका लागि मुम्बई इन्डियन्सका १३, दिल्ली क्यापिटल्सका ९, कोलकाता नाइट राइडर्सका १०, रोयल च्यालेन्जर्स बैंग्लुरुका ११, सनराइजर्स हैदराबादका १३, राजस्थान रोयल्सका ११, चेन्नई सुपर किंग्सका १०, किंग्स इलेवन पञ्जाबका १३ खेलाडी योग्य छन् ।
नेपाली युवा स्पीनर सन्दीप लामिछानेले पनि अहिलेसम्म दिल्लीबाट एक खेल खेल्न पाएका छैनन् । उनले पनि टीम बदल्न पाउनेछन् ।


स्रोत : दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण