भैरहवामा गाडीको ठक्करबाट फलफूल व्यापारीको मृत्यु
मङ्गलबार, २७ असोज २०७७, १४ : ३४
बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेका छन् ।
सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडकखण्डमा लु १ य ८ नं. को स्कारपियो गाडीले हिजो साँझ बाटोको साईडमा फलफूल बेच्ने ठेलालाई ठक्कर दिएको थियो । बिनोदको उपचारको क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण