भारतमा वर्षाको कहरः ११ को मृत्यु, थुप्रै इलाका जलमग्न
बुधबार, २८ असोज २०७७, ०८ : २९
भारतको हैदराबादको थुप्रै हिस्सामा लगातार वर्षाका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ । यीमध्ये ९ जनाको मृत्यु पर्खाल भत्किएका कारण भएको हो । सडक जलमग्न छन् र केही तल्लो इलाका पूर्ण रुपमा जलमग्न छन् ।
हैदाराबाद लोकसभा सीटबाट सांसद असदुद्दीन औवेसीले नीजि पर्खाल भत्किएका कारण ९ जनाको मृत्यु भएको र दुईजना घाइते भएको जानकारी दिए ।
अर्को घटनामा ४० वर्षीया महिला र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको छ । भारी वर्षाका कारण मंगलबार इब्राहिमपटनम इलाकामा उनीहरुको पुरानो घरको छत भत्किएको थियो । तेलंगानाको थुप्रै इलाकामा मंगलबारदेखि नै भारी वर्षा भइरहेको छ । यसैकारण मानिसहरुको जीवन अस्तव्यस्त भएको छ । हैदराबादका थुप्रै इलाका जलमग्न भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण