नवरात्रिमा दुर्गा देवीको पूजाका लागि अत्यावश्यक तीन चीज
एजेन्सी – नवरात्रि पर्वमा दुर्गामाताको पूजाआरधाना गरिन्छ । माता दुर्गालाई शक्ति र उर्जाको रुपमा लिइन्छ । जीवनमा सफलताका लागि उर्जा र शक्तिको विशेष भूमिका रहन्छ । नवरात्रिमा पूजाआरधना गर्दा दुर्गा माता प्रसन्न हुने र आर्शिवाद प्राप्त हुने मान्यता रहेको छ ।
विधिपूर्वक नवरात्रिको पूजाआरधना गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रिमा पूजा र व्रत गर्ने छुट्टै नियम रहेको छ । जुन दर्गा देवीलाई प्रसन्न गराउन सकिने पनि विश्वास गरिन्छ । जसको लागि तीन चीजको आवश्यकता पर्छ ।
रातो रंग
दुर्गाको पूजाका लागि रातो रंग निकै महत्त्वपूर्ण हुन्छ । नवरात्रिको पूजामा सर्वाधिक प्रयोग हुने रातो रंग दुर्गा देवीलाई धेरै मन पर्ने रंग भएको हिन्दुधर्ममा उल्लेख छ । त्यसैले घटस्थापना र माता स्थापना गर्नका लागि रातो रंगको कपडाले सजाउने गरिन्छ । यसका साथै रातो रंगको कपडा र सिन्दुरको टीका लगाइन्छ ।
रातो पछ्यौरा
नवरात्रिको पूजा आरम्भ गर्नुभन्दा पहिले दुर्गामातालाई रातो रंगको पछ्यौरा चढाइन्छ । परम्पराअनुसार दुर्गा मातालाई रातो पछ्यौरासँगै सिन्दुर वा श्रुंगारको सामाग्री, मेवा, फल, मिष्ठान्न, नरिवल जस्ता चीजहरु चढाउनुपर्छ ।
दीप प्रज्वलन
नवरात्रिमा दीप प्रज्वलन हुनु विशेष महत्त्व रहन्छ । अखण्ड ज्योतिबाट घरलाई सकारात्मक उर्जा प्राप्त हुन्छ । र नकारात्मक उर्जा नाश हुन्छ । अखण्ड ज्योति बाल्दा पूर्ण स्वच्छताको ख्याल राख्नुपर्छ । ज्योति जलाउनका लािग पित्तल वा माटोको दीपक प्रयोग गर्ने र गाईको घ्यु हालेर ज्योती जलाउने गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण