जसपाले बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । भोलिदेखि बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठकबाट सो पार्टीले विधान संशोधन गर्न लागेको हो । स्रोतकाअनुसार विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ सय सदस्यीय बनाउन लागिएको हो ।
गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । विधानअनुसार ७०१ जनाको केन्द्रीय समिति बनाउनुपर्ने तर राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम जसपामा गएकोले त्यसलाई मिलाउनका लागि ७०१ बाट ८ सय बनाएको लागिएको कार्यकारिणी समितिका एक नेताले बताए ।
त्यसका साथै बैठकले पार्टीको नियमावली पनि बनाउने छ । नियमवालीको ड्राफ तयार भइसकेको छ । सो विषयमा भने बैठकमा छलफल गरी टुगों लगाइनेछ । बैठकले संघीय परिषद्को गठन गर्नुको साथै कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन समेत गर्नेछ । पार्टीलाई प्राप्त नमावलीको आधारमा ८ सय सदस्यीयको केन्द्रीय समिति पनि बैठकबाट घोषणा गरिनेछ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । सरकारले कोरोनाका कारण तोकेको मापदण्डअनुसार बैठक सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण