रामकृष्णको ‘अधर’ मा विष्णु र रोश्ना
सोमबार, ०३ कात्तिक २०७७, १४ : ४०
काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) का शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।
भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ । रोश्ना बेलायतकी स्थापित मोडल हुन् । रोश्नाले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् भने बिष्णुको यो डेब्यु भिडियो हो ।
कुशल श्रेष्ठको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियोमा लण्डनका ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानका दृश्य देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण