नेकपा प्रवक्ता श्रेष्ठको सुझाव: राजनीतिक पार्टी र विज्ञहरुको बैठक बोलाउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड १९ ले उत्पन्न संकट चौतर्फी गहिरिँदै गएको भन्दै यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी सबैको भएको बताएका छन् । उनले यसको नियन्त्रण गर्ने जिम्मेवारी मुलतः सरकारको नै भएको भन्दै यो महामारी र विश्वव्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति नरेको स्पष्ट भएको बताएका छन् ।
‘तर हामी कसैले पनि आफ्नो जिम्मेवारीबाट पञ्छन मिल्दैन’, सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले भनेका छन्– ‘तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति ,योजना र निर्णयहरुलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।’
साथै उनले सबै राजनीतिक पार्टीहरु र समाजका सबै पक्षले यसमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । ‘सरकारले यथाशिघ्र प्रतिपक्षीलगायतका राजनीतिक पार्टीहरु र विज्ञहरुको बैठक बोलाई परामर्श गर्न उचित हुनेछ’ श्रेष्ठले सरकारलाई सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण