भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी
सोमबार, ०३ कात्तिक २०७७, २२ : ३६
बुटवल । रुपन्देहीको भैरहवामा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको सो सप्लायर्समा इन्धन बोकेर आएको ट्याङ्करबाट ट्याङ्कीमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।
आगलागीका कारण लु २ ख १५४१ नम्बरको ट्याङ्कर पूूर्णरुपमा नष्ट भएको छ भने २० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जनाएको छ । त्यसैगरी आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हातखुट्टा पोलेर सामान्य घाइते भएको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।
आगो सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट आएका दमकलले निभाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण