बाढीले अभिभावक गुमाएका बालबालिकाको बिजोग
बाग्लुङ । भुजिखोलाको बाढीले बगाएर बेपत्ता बाग्लुङ्गको बोबाङ्ग गाउँका ३० वर्षीय जीतबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।
गत भदौ १७ गतेको बाढीमा बेपत्तामध्ये उनी पनि एक हुन् । तीन जनाको जीवितै उद्धार भएको थियो भने २२ जनाको शव फेला प¥यो । तर १५ जना अझै बेपत्ता छन् ।
‘सास न लास’ को अवस्थामा जीतबहादुरको काजकिरिया गरिसके उनको परिवारले । घरबास नभएपछि बुहारी माइतीमा गएर बसेको जीतबहादुरकी आमा हुमी घर्तीले बताइन् । शुक्रबार विदेशमा रहेका बोबाङ्गबासीले राहतस्वरुप पठाएको खाद्यान्न सामग्री लिन ढोरपाटन नगरपालिका–९ को वडा कार्यालयमा आएकी जीतबहादुरकी आमा हुमी घर्तीलाई टुहुरा नातिनातिना हुर्काउन सकस छ ।
बाढी पहिरोमा ३० वर्षीया खिमकुमारी घर्तीले ज्यान गुमाएकी थिइन् । उनका श्रीमान ध्रुव घर्ती त्यस रात ढोरपाटन भएकोले बाँचे । खिमकुमारीका ९ महिनाकी छोरी र ३ वर्षका छोरालाई खिमकुमारीकी आमा सुनिमाया पुनले मातृत्वको कमी हुन दिएकी छैनन् ।
त्यस दिनको बाढीमा परेर बाबुआमा सहित एकै परिवारका ८ जना आफन्त गुमाएर एक्लै बाचेका १२ वर्षीय बालक मनोज विक सबैभन्दा बढी बेसहरा छन् । सहयोग रकम जुटेपछि उनी आफैले दसैँको किनमेल गरे । ‘दाइको घरमा बस्ने गरेको छु, दसैँमा मोम्ला बजार गएर यी कपडा किनेको हुँ,’ उनले भने, ‘मावल गएर दसैँ मनाएँ ।’
मनोजले बाबुआमासहित स–परिवार गुमाएपछि स्कुल जान पनि छोडेका छन् । उनले ४० वर्षीय बाबु हेमबहादुर विक, ४२ वर्षीय आमा दिलमाया विक, ९ वर्षका भाइ मनोज र ९ महिनाकी बहिनी बाढीमा गुमाएका हुन् ।
त्यस्तै उनका जेठाबुबा करकबहादुर विक, जेठीआमा हस्तमाया विक र उनीहरुका एक छोरासहित एकै परिवारको ८ जनाको ज्यान जाँदा मनोज भने बाँच्न सफल भएका थिए ।
यीसहित बाढीले २३ जना बालबालिका टुहुरा भएको ढोरपाटन नगरपालिका ९ का वडाध्यक्ष हरिबहादुर घर्ती मगरले जानकारी दिए । टुहुरा भएका यी बालबालिकाका लागि अध्ययन, लालनपालन लगायतमा दिगो सहयोगको खाँचो देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण