नेकपा सामु गम्भिर संकट उत्पन्न भयो: महासचिव पौडेल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै महासचिव पौडेलले पार्टीसामु गम्भिर संकट उत्पन्न भएकाले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गरेका छन् ।
पौडेलले लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भिर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।’
पार्टीका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्डबीचको मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले यस्तो लेखेका हुन् । पौडेल अर्थमन्त्री समेत हुन् । पछिल्लो समय दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन, कर्णाली विवाद, पर्सामा भएको हत्या प्रकरण र भारतीय गुप्तचर प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँगको भेटवार्ताबारे मतभेद उत्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण