शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सामु गम्भिर संकट उत्पन्न भयो: महासचिव पौडेल

आइतबार, १६ कात्तिक २०७७, १५ : ०७
आइतबार, १६ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेकपासामु गम्भिर संकट उत्पन्न भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै महासचिव पौडेलले पार्टीसामु गम्भिर संकट उत्पन्न भएकाले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकता र सदस्यहरुलाई अनुरोध गरेका छन् । 

पौडेलले लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भिर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु ।’

पार्टीका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्डबीचको मतभेद  सतहमा आएकै बेला महासचिव पौडेलले यस्तो लेखेका हुन् । पौडेल अर्थमन्त्री समेत हुन् । पछिल्लो समय दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन, कर्णाली विवाद, पर्सामा भएको हत्या प्रकरण र भारतीय गुप्तचर प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसँगको भेटवार्ताबारे मतभेद उत्पन्न भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप