सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दै उद्योग विभाग

काठमाडौं । स्थानीय लघु घरेलु तथा साना उद्योग तथा मझौला उद्योगको वृद्धि विकासका लागि उद्योग विभागले मिनी लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । प्रतिस्पर्धि बजारमा औद्योगिक विकास एवंम लगानी प्रवद्र्धनका लागि विभागले सातै प्रदेशमा यस्तो सम्मेलनको आयोजना गर्न लागेको हो ।
कम्पिटेटिभ मार्केटमा लगानीकर्ताहरुको उत्साह र सहजताका लागि माइक्रो लेभलमा मिनी लगानी सम्मेलनको आयोजना गर्न लागिएको विभागका निर्देशक भक्तराज जोशीले रातोपाटीसँग बताए ।
‘आज युग औद्योगिक युग हो । व्यक्ति, समाज र राष्ट्रकै आर्थिक उत्थानका लागि औद्योगिक विकास एवंम विस्तार अपरिहार्य छ । स्वदेशी लगानीमा होस् या विदेशी लगानी औद्योगिक विकास विना मुलुकको आर्थिक सम्वृद्धि सम्भव छैन ।’
निर्देशक जोशीले भने, ‘यसका लागि विभागले सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दैछ । तर व्यसायी, लगानीकर्ताहरुलाई निर्देशन नभएर हामीले हामीसँग भएको अनुभव बाँड्न चाहेका हौँ,’ निर्देशक जोशीले भने ।
जोशीका अनुसार विभागको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त कार्यक्रम समाबेस गरेपनि कोभिडका कारण उक्त कार्यक्रम प्रभावित हुन पुगेको थियो । तर वातावरण सहज बन्दै गएसँगै अब छिट्टै विभागले सातै प्रदेशमा उक्त कार्यक्रम लैजादैछ ।
मिनी लगानी सम्मेलनका लागि विभागले प्रत्येक प्रदेशका लागि समान २÷२ लाखका दरले कुल १४ लाख रुपैयाँ कार्यक्रम बजेट छुट्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत
-
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
-
वैकल्पिक राजनीतिको अर्जुनदृष्टि : राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धि
-
श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा
-
माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाइयो
-
९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न धितोपत्र बोर्डलाई पत्र