सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दै उद्योग विभाग
काठमाडौं । स्थानीय लघु घरेलु तथा साना उद्योग तथा मझौला उद्योगको वृद्धि विकासका लागि उद्योग विभागले मिनी लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । प्रतिस्पर्धि बजारमा औद्योगिक विकास एवंम लगानी प्रवद्र्धनका लागि विभागले सातै प्रदेशमा यस्तो सम्मेलनको आयोजना गर्न लागेको हो ।
कम्पिटेटिभ मार्केटमा लगानीकर्ताहरुको उत्साह र सहजताका लागि माइक्रो लेभलमा मिनी लगानी सम्मेलनको आयोजना गर्न लागिएको विभागका निर्देशक भक्तराज जोशीले रातोपाटीसँग बताए ।
‘आज युग औद्योगिक युग हो । व्यक्ति, समाज र राष्ट्रकै आर्थिक उत्थानका लागि औद्योगिक विकास एवंम विस्तार अपरिहार्य छ । स्वदेशी लगानीमा होस् या विदेशी लगानी औद्योगिक विकास विना मुलुकको आर्थिक सम्वृद्धि सम्भव छैन ।’
निर्देशक जोशीले भने, ‘यसका लागि विभागले सातै प्रदेशमा मिनी लगानी सम्मेलनको आयोजना गर्दैछ । तर व्यसायी, लगानीकर्ताहरुलाई निर्देशन नभएर हामीले हामीसँग भएको अनुभव बाँड्न चाहेका हौँ,’ निर्देशक जोशीले भने ।
जोशीका अनुसार विभागको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उक्त कार्यक्रम समाबेस गरेपनि कोभिडका कारण उक्त कार्यक्रम प्रभावित हुन पुगेको थियो । तर वातावरण सहज बन्दै गएसँगै अब छिट्टै विभागले सातै प्रदेशमा उक्त कार्यक्रम लैजादैछ ।
मिनी लगानी सम्मेलनका लागि विभागले प्रत्येक प्रदेशका लागि समान २÷२ लाखका दरले कुल १४ लाख रुपैयाँ कार्यक्रम बजेट छुट्याइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण