नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारले नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा पाउने
ललितपुर । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता सम्पन्न भएको छ ।
नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाइडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा र नेपाल स्थित भारतीय राजदुतावासका इसीएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले कार्तिक १८ गते एक समारोहका बीच दुईपक्षिय सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसीएचएस कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपाल स्थित भारतीय राजदुतावास अन्तर्गत रहेको इसीएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने छन् ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेण्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसीएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण