मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कविता बनिन् पुष्प र चक्रको निरमाया

बुधबार, १९ कात्तिक २०७७, १४ : ३९
बुधबार, १९ कात्तिक २०७७

काठमाडौ । गायिका अन्जु पन्तको गीत लोक गीत ‘निरमाया’ सार्वजनिक गरिएको छ ।  गीतमा गायिका पन्तलाई रबिन गुरुङ र निश्चल गुरुङको स्वरमा साथ दिएका छन् । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ ।कार्यक्रममा सर्जक हमालले गीतको अडियोदेखि भिडियोमा निकै मिहिनेत गरेको जानकारी दिए । उनले भने– ‘यसअघिका गीतहरु जस्तै यो गीतमा पनि मिहिनेत र लगानी राम्रो गरेका छौं । दर्शक तथा स्रोताका लागी कुनै कमी हुन दिएका छैनौं ।’

गीतको भिडियोमा नायक पुष्प खड्का, डान्सर कविता नेपाली तथा गायक तथा मोडल चक्र बमको अभिनय रहेको छ । गीत सुनिल परियारले एरेन्ज गरेका हुन् । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा प्रविन भट्टको  सम्पादन रहेको छ ।  सर्जक हमालले एक महिना अघिमात्रै ‘झुम्का झलक्कै’ बोलको लोकगीत सार्वजनिक गरेका थिए । जुन गीत दर्शक तथा स्रोतामाफ लोकप्रिय बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप