प्रेमीसँग म्युजिक भिडियोमा साम्राज्ञी
काठमाडौं । पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । फिल्म अभिनयमार्फत् उनले दर्शकमा ठूलै क्रेज बनाएकी छन् ।
फिल्म क्षेत्रकी हिट अभिनेत्री साम्राज्ञी पहिलो पटक म्युजिक भिडियो अभिनयमा देखिएकी छन् । उनले नेहा राज्यलक्ष्मी शाहको स्वर रहेको गीत ‘तिमी र म....’ बोल माथि बनेको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । साम्राज्ञीलाई भिडियो अभिनयमा पुरूष मोडलको रूपमा देवाङ्कस राणाले साथ दिएका छन् । गायिका नेहा भने साम्राज्ञीकी आमा हुन् ।
आमाको गीतभन्दा पनि गीतै राम्रो लागेर आफूले म्युजिक भिडियो अभिनय गरेको साम्राज्ञीले बताएकी छन् । रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको भिडियोका निर्देशक विषेशदेव पाण्डे हुन् । गीतमा बिराज गौतमको शब्द तथा संगीत रहेको छ ।
गायिका नेहाको यस अगाडि ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीतले राम्रै चर्चा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण