एनसेलको ‘अनपज’ अभियानः बन्यो सर्ट फिल्म

कोरोना महामारीले देश आक्रान्त भइरहेको बेला असहज परिस्थितीलाई आत्मसाथ गर्दै न्यू नर्मल अथवा नव सामान्यीकरणका साथ अगाडी बढ्न प्रोत्साहन गर्न एनसेलले अभियान थालेको छ ।
कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले बुधबार साँझ एक सर्ट फिल्म आफ्नो सामाजिक सञ्जालका पेजबाट सार्वजनिक गर्दै अभियान थालनी गरेको हो ।
‘अनपज’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि सधै सँगैं’ अनुरुप संचालन गरेको हो । यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउन अर्थात बन्दाबन्दीको अवस्था, असर र अहिलेको विशम परिस्थितीको बेलामा नव सामान्यीकरणका साथ कसरी अगाडी बढ्न सकिन्छ भनेर देखाइएको छ ।
यसै अभियानको पाटोको रुपमा नै एनसेलले दसैं अगाडी मुभिङ अहेड वेबीनार सेरिज पनि संचालन गरेको थियो । यी वेवीनारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी बन्दाबन्दीले दिएका सिकाई तथा अनुभव, नव सामान्यीकरण तर्फको संक्रमणको समय र कोरोनाको संकटका बेलामा कसरी भविष्यको पूनःकल्पना गर्दै अगाडी बढ्न सकिन्छ भनेर बहस भएको थियो ।
यो अभियानसँगसँगै एनसेलले पहिले बन्दाबन्दीको बेलामा जस्तै उपभोक्ताका लागि आफ्नो सेवा तथा सुविधाका अफरहरु ल्याउने संकेत गरेको छ । यस अघि नै एनसेलले ‘अघि बढौं’ भन्ने थिममा नारीका लागि विषेश सिम योजना ‘गो सिम’ ल्याइसकेको छ । बन्दाबन्दीका बेलामा एनसेलले आफ्ना विभिन्न सेवाहरुका शुल्कमा राहत प्रदान गर्दै सजह र निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो ।
एनसेलकाअनुसार कम्पनीले कोभिड प्रतिकार्यअन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनस लगायतका विभिन्न राहत अफरहरु समेत गरी कुल ९ अर्ब ६४ करोड भन्दाबढी मूल्यको योगदान गरेको छ । एनसेलले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि जनचेतना फैलाउन काम गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश : उद्योग मन्त्रालयलाई ८४ करोड र वन मन्त्रालयलाई १ अर्ब बजेट विनियोजन
-
अस्ट्रेलियामा सर्भर राखेर नेपालमा कर छली, सात जनाविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा
-
गण्डकीका नागरिकको प्रतिव्यक्ति आय बढ्यो, यो वर्ष १६२० डलर पुग्ने
-
बजेट प्रस्तुत हुनुअघि नै कर्णालीमा विवाद : ‘योजना बैङ्क’ लाई लिएर प्रतिपक्ष माओवादीको आपत्ति
-
गण्डकीको बजेट भाषण सुरु
-
प्रतिपक्षीको विरोधकै बिच प्रतिनिधिसभा सञ्चालन, ‘रेफ्री’को भूमिकाका सभामुखमाथि प्रश्न