गण्डकी प्रदेश : उद्योग मन्त्रालयलाई ८४ करोड र वन मन्त्रालयलाई १ अर्ब बजेट विनियोजन
आइतबार, ०१ असार २०८२, १७ : २५
पोखरा । गण्डकी प्रदेशले उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड बजेट २१ लाख बजेट विनियोजन गरेको छ ।
आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रस्तुत गर्दै उद्योग तथा पर्यटन मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको बताएका हुन् ।
साथै वन तथा वातावरण मन्त्रालयलाई १ अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेशले जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउन माछापुच्छ्रे संवाद आयोजना गर्ने समेत उनले संसद्मा जानकारी गराए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण