प्रेम कथामा बन्यो अर्जुन बोसेलको ‘गोठालो’
काठमाडौं । नेपाली गीत संगीतको बजारमा अर्जुन बोसेल कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जना गायनमा अब्बल बोसेलका २२ वटा गीत बजारमा आइसकेका छन्, जुन गीतले नेपाली स्रोताको मन जितेको छ ।
अमेरिकालाई कर्म थलो बनाउँदै आएका अर्जुन बोसेलले आफ्नो सांगीतिक यात्राको अर्काे चरणमा नयाँ शैलीको प्रेम कथामा आधारित ‘गोठालो’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् ।
प्रेमिल जोडी छुटाउन गरिएका अनेक प्रयत्नलाई भिडियोमा देखाइएको छ । बोसेलको आफ्नै शब्द, संगीत र स्वर रहेको ‘गोठालो’को दृष्य परिकल्पना पनि उनकै छ । प्रेमकथामा आधारित ‘गोठालो’को म्युजिक भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।
सुशील विकको सम्पादन रहेको भिडियोमा योगेश काजी, देवेन्द्र बब्लु, गीता ढुंगाना, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, नीता थकाली, सुनिता घिमिरे, प्रिती तामाङ, सुदिक्षा थकाली लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण