ट्रम्पले लेखे- ‘हामीले जित्नेछौं, अमेरिका फर्स्ट ’
एजेन्सी । ‘पछिल्लोपटक बाइडेनले दाबी गरेका राज्यहरुमा मतदाता धाँधली र राज्य निर्वाचन धाँधलीबारे हामी कानूनी लडाइँ लड्नेछौं । पर्याप्त प्रमाण छ, सञ्चारमाध्यम चेक गर्दै गर्नुहोला । हामीले जित्नेछौं, अमेरिका फर्स्ट ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको विषयमा पर्याप्त प्रमाण रहेको भन्दै यस्तो ट्वीट गरेका छन् ।
मतगणना भइरहेका राज्यमध्ये नेभादामा जो बाइडेन अघि छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको प्रोजेक्सनअनुसार ६ इलेक्टोरल संख्या रहेको यस राज्यमा विजयी हुनसके बाइडेनका पक्षमा आवश्यक २ सय ७० मत पुुग्नेछ । यता, ट्रम्पले अग्रता बनाएका जर्जिया, पेन्सिलभेनिया राज्यमा पनि मतान्तर साँघुरो हुँदैछ ।
ट्रम्पको चुनावी अभियान प्रचार समूहले केही राज्यमा मतगणना रोक्न माग गर्दै अदालतमा उजूरी दिएपनि गणना रोकिएको छैन । अहिले हुलाक र ईमेलमार्फत पठाइएका मतहरुको गणना भइरहेको छ । यस्तो मत जो बाइडेनलाई धेरै प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण