आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

शुक्रबार, २१ कात्तिक २०७७, ०९ : १२
शुक्रबार, २१ कात्तिक २०७७

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । 

नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए ।  

आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए । 

नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन । 

नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप