फ्लोरिडामा विजयी भएका ट्रम्प यी ४ निर्णायक राज्यमा पनि अघि
एजेन्सी । डोनाल्ड ट्रम्पले २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यमा जित हासिल गरेका छन् । २०१६ मा पनि उनले यस राज्यमा जित हासिल गरेका थिए । अधिकांश राज्यबाट मतपरिणाम आउने क्रम जारी नै छ । यस्तोमा आगामी कार्यकाल ट्रम्पले नै निरन्तरता पाउँनेछन् वा डेमोक्रेटिकतर्फका प्रतिस्पर्धी जो बाइडेन विजयी हुन्छन् भन्ने तय गर्नका लागि यी ४ राज्यको मतपरिणाम निर्णायक हुनेछ ।
जर्जिया
जर्जियामा ८७ प्रतिशत मतगणना भइसक्दा ट्रम्पको अग्रता कायम छ । ट्रम्पका पक्षमा ५६ दशमलव २ प्रतिशत र बाइडेनका पक्षमा ४६ दशमलव ५ प्रतिशत मत छ । यस राज्यलाई रिपब्लिकन पार्टीको पकड क्षेत्र मानिन्छ । यहाँबाट २००८ मा जोन म्याक केन, २०१२ मा मिट् रोम्नी र २०१६ मा ट्रम्पलाई मत आएको थियो ।
मिचिगन
मिचिगन ६२ प्रतिशतभन्दा धेरै मतगणना भइसक्दा ट्रम्प अगाडि छन् । उनले ५३ दशमलव ८ प्रतिशत र जो बाइडेनले ४४ दशमलव ६ प्रतिशत मत ल्याएका छन् । मिचिगनको इलेक्टोरल भोटर संख्या १६ जना छ । यस राज्यबाट २००८ र २०१२ मा बाराक ओबामाका पक्षमा मत खसेको थियो भने २०१६ मा ट्रम्प विजयी भएका थिए ।
पेन्सिलभेनिया
पेन्सिलभेनियामा ६४ प्रतिशत मतगणना हुँदा ट्रम्पले फराकिलो अग्रता लिएका छन् । यहाँबाट २० जना इलेक्टोरलले प्रतिनिधित्व गर्छन् । ट्रम्पका पक्षमा ५६ दशमलव ७ प्रतिशत मत छ भने जो बाइडेनका पक्षमा ४२ दशमलव १ प्रतिशत मत मात्रै छ ।
विस्कन्सिन
१० इलेक्टोरल रहेको विस्कन्सिनमा ८६ प्रतिशत मतगणना हुँदासम्म बाइडेनका पक्षमा ४६ दशमलव ३ प्रतिशत मत मात्रै खसेको छ । ट्रम्पका पक्षमा ५१ दशमलव २ प्रतिशत मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण