मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली
काठमाडौँ – नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो ।
तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?
बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ, तर झगडा नगरी सल्लाहमा गरौँ भनेर बोल्ने गरेको ओलीको आरोप छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारी र रामकृष्ण अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण