शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

आइतबार, २३ कात्तिक २०७७, ०६ : ३५
आइतबार, २३ कात्तिक २०७७

काठमाडौँ – नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । 

तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले नै अलि अगाडि पत्रकार सम्मेल नै गरेर जुनसुकै परिस्थितिका लागि जान तयार होऔँ भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔँ भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ? 

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नै गरौँ, तर झगडा नगरी सल्लाहमा गरौँ भनेर बोल्ने गरेको ओलीको आरोप छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अखण्ड भण्डारी र रामकृष्ण अधिकारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप