गण्डकी प्रदेशमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम
काठमाडौँ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट कार्यक्रम’ शुरु गरेको छ । सवारी दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यस्तो कार्यक्रम सुरु गरेको गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु ढकालले बताए ।
एसपी ढकालका अनुसार कोरोना महामारीको कुरालाई समेत मध्यनगर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो ।
खराब मौसमका कारण दुर्घटना हुने सक्ने कुरालाई मध्यनजर गर्दै सेचतनामूलक सन्देश दिनका लागि यस कार्यक्रम सुरु गरिएको एसपी ढकालको भनाइ छ । ‘चालकसँग १ मिनेट’ कार्यक्रम एक महिनासम्म दिनहुँ सञ्चालन हुने एसपी ढकालले दावी गरे ।
सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, मोटरसाइकल र स्कुटर चालकले हेल्मट र हेल्मेटको फर्तिा अनिवार्य लगाऔं, पामसे तथा नसाजन्य पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं र तिब्र गतिमा सवारी नचालाऔं भन्दै कार्यक्रममार्फत सचेतना फैलाइने ढकालले बताए । ‘चालकसँग १ मिनेट’ कार्यक्रम पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रको गेट अगाडिबाट शुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण