विहार निर्वाचनः अबको मुख्यमन्त्री को हो ?
काठमाडौं । भारतको विहारमा २४३ सीटका लागि भएको तीन चरणको चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मतगणनाअनुसार भारतीय जनता पार्टीको गठनबन्धन अगाडि रहेको छ भने बिहानदेखि अगाडि रहेको आरजेडीको महागठबन्धन अहिले पछाडी परेको छ ।
महागठबन्धनको तर्फबाट चुनाव लडेका लालुप्रसाद यादवका छोरा तेजस्वी यादवलाई अग्रिम मुख्यमन्त्री समेत घोषणा गरिसकिएको थियो । उनी बिहारको सबैभन्दा कान्छो मुख्यमन्त्री बन्दैछन् भनि विहारमा एकखालको चर्चा पनि शुरु भइसकेको थियो र बधाई साटासाट पनि शुरु भइसकेको थियो । तर अहिले परस्थिति फेरिएको छ । पुनः चौथोपटक विहारको मुख्यमन्त्रीमा नीतिशकुमार नै आउने देखिएको छ ।
अहिले नितिशकुमारको चर्चा शुरु भएको छ । तर यसमा नितिशकुमारको इच्छाले मात्र हुँदैन, विजेपीले पनि चाहनुपर्ने देखिन्छ । किनभने अहिले चुनावको मतगणनाअनुसार विजेपीको सीट अगाडि छ । साँझसम्मको परिणाम हेरेर नीतिशकुमारको बारेमा फैशला लिने भनिएको छ ।
विजेपीका महासचिव कैलाश विजयवर्गीयले अहिलेसम्मको आँकडाअनुसार गठबन्धनको तर्फबाट मुख्यमन्त्री नीतिकुमार नै हुने बताएका छन् । तर साँझसम्मको राजनीति अवस्था कस्तो हुन्छ, त्यसमा भर पर्ने प्रतिकृया समेत उनले भारतीय सञ्चारमाध्यमलाई दिएका छन् ।
यसको अर्थ बिजेपीको सीट राम्रो आयो भने अरुसँग मिलेर पनि बिहारको मुख्यमन्त्री लिनसक्ने सम्भावना देखिन्छ । तर विजेपीबाटै मुख्यमन्त्री बन्ने कुरा आयो भने सुशील मोदीको सम्भावना रहेको देखिन्छ । विहान जेडयु पछाडि भएको बेला सो दलका प्रवक्ता केसी त्यागीले हार स्वीकार गरिसकेका थिए ।
उनले आफ्नो गठबन्धन हार्नुमा कोरोना महामारी मुख्य रहेको प्रतिकृया दिएका थिए तर अहिले कडा प्रतिस्पर्धाका साथ महागठबन्धन भन्दा गठबन्धन अगाडि बढिरहेको देखिएको छ । त्यसो त महागठबन्धनले पनि हिम्मत हारेको छैन । आरजेडीले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ । आरजेडीका नेताहरुले अहिले थुप्रै मत गन्न बाँकी रहेकोले आतिहाल्नु पर्ने अवस्था नरहेको प्रतिक्रिया दिइरहेका छन् ।
यसबेला गठबन्धन १३३ सीट लिएर अगाडि बढिरहेको छ भने महागठबन्धन ९९ सीट लिएर अघि बढिरहेको छ । भारतीय जनता पार्टीले ७७ सीटमा लिड गरिरहेको छ भने आरजेडी ६५, जेड (यु) ५१ र भारतीय काँग्रेस १९ सीटमा लिड गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण