मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महासंघ निर्वाचनः प्रधानलाई २ दर्जन बढी जिल्ला र नगर संघको समर्थन

मङ्गलबार, २५ कात्तिक २०७७, १८ : ३९
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा २ दर्जन भन्दा बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघले किशोर प्रधानलाई समर्थन गरेका छन् । मंगलबार जनकुरमा आयोजित कार्यक्रममा विभिन्न ती उद्योग वाणिज्य संघले प्रधानलाई मतदान गर्ने बताएका हुन् । प्रधानको निर्वाचन प्रचारप्रसार समितिका अनुसार महासंघ प्रदेश नं २ का अध्यक्ष शिव शंकर साहको संयोजनमा भएको भेलामा यस्तो समर्थन गरिएको हो । 

कार्यक्रममा अध्यक्ष साहले प्रधानलाई प्रदेश १ र प्रदेश २ बाट ९९ प्रतिशत मत आउने दाबी गरे । आगामी अध्यक्ष शेखर गोल्छाको समर्थन भएका कारण आफूहरुले प्रधानलाई समर्थन गर्न लागेको समेत उनले बताए ।  कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफु जिल्ला नगरबाट नै महासंघको नेतृत्वमा पुग्न लागेकाले जिल्ला नगर क्षेत्रको समस्यामा समाधानमा आफू केन्द्रित हुने प्रतिबद्धता जनाए । जिल्ला नगरका सबै समस्यासँग आफू परिचित भन्दै उनले त्यसको समाधानमा पहलकदमी लिन आफु सक्षम रहेको बताए ।

प्रधानलाई समर्थन गरेका जिल्ला नगरहरु
काठमाडौं उद्योग वाणिज्य संघ (दिनेश श्रेष्ठ)
जनकपूरधाम उद्योग वाणिज्य संघ (ललित शाह)
धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जु कुमार कोजु)
सप्तरी उद्योग वाणिज्य संघ (अरुण कुमार प्रधान)
उद्योग वाणिज्य संघ, मलङ्गवा
उद्योग वाणिज्य संघ, सर्लाही (वीरेन्द्र प्रसाद शाह)
गौशाला उद्योग वाणिज्य संघ (रामराजा प्रसाद शाह)
जलेश्वर उद्योग वाणिज्य संघ (कृपा शंकर शाह)
महोत्तरी उद्योग वाणिज्य संघ (मोहन प्रसाद गुप्ता)
वीरगञ्ज उद्योग वाणिज्य संघ (गोपाल केडिया)
इनरुवा उद्योग वाणिज्य संघ (वीरेन्द्र शाह)
जाजरकोट उद्योग वाणिज्य संघ (कर्ण बहादुर खत्री)
सुर्खेत उद्योग वाणिज्य संघ (धन बहादुर रावत)
उदयपूर उद्योग वाणिज्य संघ (पुष्कर खड्का)
मकवानपूर उद्योग वाणिज्य संघ
लहान उद्योग वाणिज्य संघ
सिराहा उद्योग वाणिज्य संघ (प्रमोदकुमार पोहार)
धनकुटा उद्योग वाणिज्य संघ
चरिकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्र बहादुर श्रेष्ठ)
उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी)
दमक उद्योग वाणिज्य संघ (गोकुल श्रेष्ठ)
मेची उद्योग वाणिज्य संघ (ऋषि तिम्सिना)
कपिलवस्तु उद्योग वाणिज्य संघ, (यज्ञप्रसाद भट्टराई)
उद्योग संगठन मोरङ 
मोरङ व्यापार संघ
बारा उद्योग वाणिज्य संघ
रौतहट उद्योग वाणिज्य संघ
उद्योग वाणिज्य संघ, बर्दिबास

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप