आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

केकीसँग सुधीरको ‘पहिलो माया’

मङ्गलबार, २५ कात्तिक २०७७, १८ : ४९
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘पहिलो माया’ मोडल सुधीर श्रेष्ठसँग गाँसिएको छ । दुबैको माया रियल लाइफमा भन्दा पनि रिल लाइफमा गाँसिएको हो । गायिका रचना रिमालको स्वर रहेको गीत ‘पहिलो माया’को भिडियो अभिनय सिलसिलामा दुबैले माया गाँसेका हुन् । भिडियोमा केकी र सुधीरको अलवा प्रियाना आचार्यको समेत अभिनय रहेको छ । 

प्रेमकथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’ को संगीत, उदयराज पौडेलको एरेन्ज रहेको छ । गीतमा शब्द पुनम माथेमाले कोरेकी हुन् । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप