माग पुरा नभए नाकामा गएर धर्ना बस्ने उद्योग व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले कुटनीतिक पहल मार्फत उत्तरतर्फका तातोपानी र केरुङ्ग नाका सहज गरिदिन सरकारसँग माग गरेका छन् । १० महिनादेखि चिनियाँ नाकामा त्यसै रोकिएका कन्टेनरहरु अझै सहज रुपमा नेपाल भित्रन नसकेको भन्दै व्यवसायीहरुले चिनियाँ पक्षसँग कुटनीतिक पहल मार्फत सहज गरिदिन आग्रह गरेको हो ।
मंगलबार उद्योग व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेको हो । महासंघको निरन्तर आवाजपछि केरुङ र तातोपानी नाका खुला गरियो । अहिले नाका खुला भनिए पनि मालवस्तुहरु सहज रुपमा नेपाल भित्र्याउन सकिएको छैन । नाकाहरुमा अहिले पनि धेरै कन्टेनरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुईवटा मात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रिन दिइरहेको छ । नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिँदा नेपाल सरकारले कुटनीतिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत्यधिक भाडा बृद्धि तथा नाकाहरुमा रहेको सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकारसमक्ष विनम्र अनुरोध गर्न चाहान्छौं । यदि यी समस्याहरु समाधान नहुने हो भने महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहान्छौं ।’
उत्तरतर्फका तातोपानी र केरुङ्ग नाका गत चैतदेखि नै सहज रुपमा सञ्चालनमा आएका छैनन् । कोभिड–१९ को संक्रमण र जोखिमलाई कारण देखाउँदै चिनियाँ पक्षले एकलौटी रुपमा अवरोध गर्दै आएका यी दुई नाका गत असोजपछि मात्र आंशिक खुल्ला गरिएको छ । तर दैनिक चार÷चार वटाका दरले दिनमा ८ वटा मात्र कन्टेनर नेपाल भित्रिन पाउने यी दुई नाकामा चिनियाँ पक्षले एकल नियम लगाउँदै आएको छ । यसबाट सयौं उद्योग व्यवसायीहरु प्रभावित हुन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण