यसकारण मन पराइएन अक्षय कुमारको ‘लक्ष्मी’: ५ कारण
अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ यसकारण याद गरिनेछ किनभने यति ठूलो स्टारकास्ट हुँदा पनि यो पहिलो फिल्म हो जुन सिनेमाघरको साटो सिधै ओटीटी प्लेटफर्ममा रिलिज भयो । महिनौ अघिदेखि तयार यो फिल्म कोरोनाभाइरस र लकडाउनका कारण अड्किएको थियो र अन्ततः यसलाई ओटिट प्लेटफर्ममा रिलिज गरियो । फिल्म रिलिजका लागि भारतमा दिवालीको समय चुनियो र ९ नोभेम्बरमा फिल्म प्रदर्शन गरियो । फिल्मले पहिलो दिन नै रेकर्ड तोड भ्यूअर पायो तर दर्शकलाई यो फिल्म खासै मन परेन । आखिर यसको के कारण होला ? एक भारतीय सञ्चार माध्यमले पाँच कारण लेखेको छ ।
१. आशा गरेभन्दा कमः
लक्ष्मी फिल्म दक्षिण भारतीय फिल्म कंचनाको हिन्दी रिमेक हो । कंचनाको डब्ड भर्सन दर्शकले थुप्रै पटक हेरे । उनीहरुले लक्ष्मी फिल्म कंचनाभन्दा पनि राम्रो होला भन्ने सोचे । तर लक्ष्मी फिल्म कंचना जत्तिको पनि हुन सकेन ।
२. मनोरञ्जन गायबः
लक्ष्मीलाई हररका साथै कमेडी फिल्मको रुपमा प्रचार गरिएको थियो । तर फिल्मका कमेडी दृश्य यस्ता छन्, जुन हेर्दा हाँसो उठ्दैन । हरर दृश्य हेर्दा डर लाग्दैन । मनोरञ्जनको हिसाबले फिल्म रित्ता देखियो । विशेषगरी पहिला एक घण्टा त पट्यार लाग्दो नै छ ।
३. हतारोः
फिल्म हेर्दा यस्तो लाग्छ कि यो निकै हतारमा बनाइएको छ । पात्रलाई राम्रोसँग विकास गरिएको छैन जसका कारण उनीहरुले दर्शकले खासै कमाल गर्न सक्दैनन् ।
४. तर्क बग्यो खोलामाः
फिल्ममा थुप्रै पटक तर्क गायब भएको देख्न सकिन्छ । कतिपय अवस्थामा यो निकै अवैज्ञानिक पनि देखिन्छ । हुन त यस्ता फिल्म हेर्दा दिमाग घरमा नै छोड्नुपर्ने बताइन्छ तर दर्शकलाई यति मूर्ख पनि सोच्नु हुँदैन ।
५. ओभर एक्टिङः
फिल्ममा थुप्रै राम्रा कलाकार छन् तर निर्देशक राघव लरेन्सले उनीहरुलाई मज्जाले ओभर एक्टिङ गराएका छन् । अक्षय कुमार पनि थुप्रै पटक यसको शिकार भए । तसर्थ, दर्शकलाई यो ‘तमाशा’ रत्तिभर पनि मनपरेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण