१० नागिन रुपमा यस्तो देखिइन् श्रद्धा
मुम्बई । अभिनेत्री श्रद्धा कपुर छिट्टै एक फिल्ममा इच्छाधारी नागिनको भूमिका निर्वाह गर्दैछिन् । उनी आफैंले सामाजिक सञ्जाल मार्फत एक फिल्मको सिक्वेलमा आफुले इच्छाधारी नागिनको भूमिका निर्वाह गर्न लागेको बताएकी हुन् । फिल्ममा नागिनको भूमिका निर्वाह गर्न उनी निकै एक्साइटेट छिन् ।

श्रद्धाले अहिले नागिन अवतारको फरक–फरक लुक्स तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई हेरेर फ्यानले उनीप्रति निकै माया बर्षाइरहेका छन् । श्रद्धाले तस्बिर आफ्नो इस्टाग्राम एकाउन्टबाट शेयर गरेकी हुन् । जसको क्याप्सनमा उनले लेखेकी छन्– ‘केही उत्कृष्ट आर्टको काम तपाईहरु माझ शेयर गर्दैछु । जसलाई तपाईहरुले नै इडिट गरेर प्यारले निर्माण गर्नुभयो । यी सबैको लागि म दिलैदेखि तपाईहरुको आभारी छु । सबैलाई धेरै–धेरै धन्यवाद ।’
श्रद्धाले आफ्नो फरक–फरक १० नागिन लुक्सको तस्बिर समेत सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छन् । हरेक नागिन अवतारमा उनी फरक देखिएकी छन् । उनलाई नागिन लुक्स निकै राम्रो देखिएको छ । उनका हरेक तस्बिरबाट उनी डस्नका लागि तयार रहेको भान हुने गर्दछ ।

फ्यान उनका सबै नागिन तस्बिरको प्रशंसा गरिरहेका छन् । श्रद्धा एक लबस्टोरी फिल्ममा नागिनको अवतारमा देखिन लागेकी हुन् । जसको निर्देशन विशाल फुरियाले गर्दैछन् । यसका निर्माता निखिल द्धिवेदी हुन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण