मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

राहुल र मेलिनाले गाए ‘जीवन सुनमा सुगन्ध’

बुधबार, २६ कात्तिक २०७७, १९ : ०७
बुधबार, २६ कात्तिक २०७७

काठमाडौँ । राहुल रक्स र मेलिना राईको स्वर रहेको गीत ‘जीवन सुनमा सुगन्ध’ सार्वजनिक भएको छ । सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतले माया प्रेमको कथा बोकेको छ । गीतमा संगीत संयोजन महाराजा थापाले गरेका छन् । 
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा जुना गुरुङ र शान्ताराम थापाको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाँकन, बिष्णु खड्काको सम्पादन रहेको गीतमा जगत रेग्मीले कोरियोग्राफी गरेका छन् । 
प्रिजम मुभिजले निर्माण गरेको भिडियोका निर्देशन संचारकर्मी सुरज पौडेलले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप