आयोगले प्रदेशसभालाई पार्टी एकीकरणको जानकारी दियो,अब जसपाले कहिले गर्ला समायोजन ?
काठमाडौं । निर्वाचन आयोगले तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको जानकारी प्रदेश २ को प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । बैशाखमा एकीकरण भएको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो । निर्वाचन आयोगले साउनमा सो पार्टी दर्ता गरेको थियो । साउनमा दर्ता भएको पार्टीको बारेमा असोज ३० गते जानकारी गराइएको थियो ।
समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको जानकारी जसपा नेपालले पनि प्रदेश २ सरकारलाई गराएको छ । निर्वाचन आयोगमा दर्ता हुने वित्तिकै जसपा नेपालले प्रदेश सरकार तथा त्यहाँको पार्टीलाई जानकारी पठाएको थियो । सोही जानकारीको आधारमा त्यहाँको संसदीय दललाई पनि समायोजन गर्नुपथ्यो तर त्यहाँका मुख्यमन्त्री, मन्त्री तथा सभामुखहरुको आ–आफ्नो स्वार्थका कारण समायोजन प्रकृया अगाडि बढेको छैन ।
दुई पार्टीबीच एकीकरण भएको कुरा राजपत्रमा पनि सूचना प्रकाशित भएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि त्यसलाई कानुन नै मानिन्छ तर आफ्नो पद जान्छ भन्ने डरले मुख्यमन्त्री राउतले सो पत्र लुकाएर राखेका छन् । प्रदेश संसदीय दल समायोजन भयो भने त्यहाँको संसदीय दलका नेता पनि परिवर्तन हुन्छ । जो संसदीय दलका नेता हुन्छन्, त्यो नै मुख्यमन्त्री हुने संवैधानिक प्रावधान छ । त्यही डरले केन्द्रबाट पठाएको पत्र लुकाएर मुख्यमन्त्री लालबाबु राउतले समायोजनको प्रकृया अगाडि बढाएका छैनन् ।
राजपत्रमा सूचना प्रकाशित भएपनि निर्वाचन आयोगले पनि दुई दलबीच एकीकरण भएको जानकारी त्यहाँको प्रदेश सभालाई पठाएको हो । यसअघि प्रदेश सभाले दुई दलबीच एकीकरण भएको औपचारिक जानकारी आफूहरु समक्ष नआएको भन्दै आएको थियो । त्यही भएर तत्कालीन समाजवादी पार्टी र राजपा नेपालका नेताहरुले छुट्टा–छुट्टै सुविधा लिइरहेका छन् । केन्द्रमा एउटै पार्टी भएपनि प्रदेशमा अलग–अलग पार्टीको रुपमा रहेर सरकारबाट सुविधा लिएको टिप्पणी शुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण