जब रंजितको बलात्कारको दृश्यले रिसायो परिवार, घरबाटै निकालियो
बलिउड अभिनेता रंजित १२ नोभेम्बरमा आफ्नो जन्मदिन मनाइरहेका छन् । रंजितले पर्दामा आफ्नो भिन्न पहिचान बनाएका छन् । उनले धेरैजसो फिल्ममा भिलेनको भूमिका निर्वाह गरे । उनले हिन्दी फिल्म, टिभी शो र पंजाबी फिल्ममा पनि काम गरे । उनलाई विशेषगरी एक भिलेनको रुपमा धेरैले चिन्ने गर्छन् ।
फिल्ममा उनले ३ सय बढी बलात्कारको दृश्य गरेका छन् । तर जब बलात्कारको सीनका कारण नै उनलाई परिवारका सदस्यले घर निकाला गरिएको थियो ।
रंजितले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो परिवार असाध्यै रुढीवादी थिए । जब उहाँहरुलाई फिल्म शर्मिर्लीमा मैले नायिकाको बलात्कार गरेको छु भन्ने थाहा भयो तब उहाँहरुले मलाई घर निकाला गरिदिनुभयो । त्यसको केही समय मैले कुनै पनि फिल्म साइन गरिनँ । मैले परिवारलाई त्यो अभिनय मात्रै थियो भनेर सम्झाउन धेरै मिहिनेत गर्नुपर्यो ।’
यी फिल्ममा देखिए रंजितः
स्मरण रहोस् रंजितले फिल्म शर्मिर्लीमा भिलेनको भूमिकाबाट पहिचान पाए । उनी ७० र ८० को दशकमा असाध्यै चर्चित भिलेन थिए । उनका रेश्मा र शेरा, सावन भादो, देशद्रोही, जालिम, कुर्बान, जान की कसम, करण अर्जुन, हलचल, शराबी, तीसरी आँखजस्ता फिल्म असाध्यै हिट भए । रंजितलाई पछिल्लो पटक हाउसफूल ४ मा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण