पूर्वी लद्दाख क्षेत्रबाट पछि हट्ने भए चिनियाँ र भारतीय सेना
एजेन्सी । वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव कम गर्न भारत र चीन सहमत भएका छन् । यो योजना अन्तर्गत अब पूर्वी लद्दाखको पैगान्ग ताल वरिपरि बनाइएको संरचना समेत भत्काइने भएको छ । र गस्तीमाथि पनि प्रतिबन्ध लगाइने भएको छ । अप्रिल र मे महिना दुई देशबीच तनाव बढेपछि यो संरचना बनाइएको थियो । श्रोतलाई उदृत गर्दै दैनिक भाष्करले जनाएअनुसार अब फिंगर ४ र फिंगर ८ का बीच कुनै गतिविधि गर्न पाइने छैन ।
योसँगै चीन आफ्नो पूरानै पोजिसनमा फर्किन राजी भएको छ । दुबै देशले अब देपासांग मैदानी क्षेत्रको मुद्दामाथि छुट्टै वार्ता गर्नेछन् । यो क्षेत्रमा पनि चिनियाँ जनमुक्ति सेना र भारतीय सेनाले गर्ने गस्ती पनि बन्द गर्ने जनाइएको छ । चीन र भारतले ६ नोभेम्बरमै यो निर्णय गर्न राजी भएको दैनिक भाष्करको दाबी छ ।
उक्त सम्झौताअनुसार दुवै देशका सेनाले पूर्वी लद्दाख क्षेत्रबाट पछि हटेको सम्झौता गरेका छन् । गलवान घाँटीमा भएको झडपपछि यो क्षेत्रमा दुवै देशका धेरै सैनिकहरु तैनाथ गरिएको थियो । ६ नोभेम्बर चुशुलमा भएको दुई देशका सेनाका कमाण्डर तहको वार्तामा मतभिन्नताबारे गम्भिर छलफल भएको चर्चा बाहिर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण