भारतीय अभिनेता सौमित्र चटर्जीको निधन
आइतबार, ३० कात्तिक २०७७, १९ : ५७
मुम्बई । भारतीय अभिनेता सौमित्र चटर्जीको निधन भएको छ । ८५ बर्षको उमेरका उनको निधन भएको हो । विख्यात निर्देशक सत्यरजीत रेको फिल्मबाट उनले अभिनय थालेका थिए । विगत एक महिनादेखि बिमारी रहेका उनको कोलकात्ताको एक प्रइभेट अस्पतालमा उपचार भइरहेको थियो । उनलाई गत ६ अक्टुवरमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
१४ अक्टुवरमा दोस्रो पटक कोरोना टेष्ट गर्दा उनको रिपोट नेगेटिभ आएको थियो । सौमित्रले अभिनयको दौरानमा कयौ सुपरहिट फिल्ममा काम गरेका छन् । फिल्मक्षेत्रमा दिएको योगदानको कारण उनी पद्य भुषण, दादा साहेब फाल्के पुरस्कार, राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण