आफ्नो तस्बिरमा पूजा गर्ने फ्यानलाई सोनुको यस्तो जवाफ
मुम्बई । बलिउड अभिनेता सोनु सुद सधैँ समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्नेमा अगाडि छन् । जो उनीसँग सहयोगको अपेक्षा गर्दछन् उनीहरुलाई सहयोग गर्न उनी मरिमेटेर लाग्छन् । दोस्रो व्यक्तिको सहयोगका लागि हमेसा तयार रहने सोनुलाई उनका फ्यानले पूजा नै गरेको खबर आएको छ ।
हालै सामाजिक संजालबाट एउटा भिडियो बाहिर आएको छ । जुन भिडियोमा एक व्यक्तिले देवताको तस्विरका साथ अभिनेता सुदको तस्बिर समेत राखेर पूजा गरिरहेका छन् ।
भिडियोमा सोमनाथ श्रीवास्तब नाम भएका ती व्यक्तिले सुदको फोटोका साथ देवताको फोटो राखेर एकसाथ पूजा गरेका हुन् । सोमनाथले भिडियो सार्वजनिक गर्दै अभिनेता सुदलाई समेत ट्याग गरेका छन् ।
सोदुले भने ती फ्यानलाई आफ्नो स्थान त्यो नभएको बताएका छन् । उनले लेखेका छन् ‘मेरो स्थान त्यो होइन । मात्र तपाइको दिलमा हुनुपर्छ ।’
सोदुले आफ्नो सहयोगबाट धेरै मानिसमा खुसी ल्याइदिएका छन् । उनको सहयोगले धेरैको जीवनमा समेत परिवर्तन आएको छ ।
सोनु छिट्टै फिल्म ‘पृथ्वीराज’मा समेत देखिदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो केप भर्डे, अर्जेन्टिनासँग १–१ को बराबरीमा
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण