गुलियो–चिल्लो खानेकुराले बिग्रियो स्वास्थ्य ? यी ८ तरिकाले शरीरलाई डिटक्स गर्नुहोस्
तिहार लगभग हाम्रो घर आँगनबाट बिदा लिने तरखरमा छ तर धेरैजसोको घरमा नाङ्लाभरी सेल, विभिन्न प्रकारका रोटी र मिठाई पक्कै पनि छन् । लक्ष्मी पूजाको दिनदेखि घरमा पाकेको सेल रोटी वा तिहार त हो नि भनेर बजारबाट ल्याइएको मिठाइ लगातार खाँदा स्वास्थ्यमा गडबडी देखिएको पनि हुनसक्छ । यसै पनि चाडपर्वमा धेरैजसोको दिनचर्या बिग्रन्छ र व्यायाम र डाइट फलो गर्न पाउँदैनन् । त्यसैले त चाडपर्व सिद्धिने बेलासम्म तौल बढिसकेको थाहा नै हुँदैन । आज हामी तपाईंलाई यस्ता सजिला तरिकाबारे जानकारी दिँदै छौं जसले शरीरलाई डिटक्स अर्थात् भित्रैदेख सफा गरेर तौल घटाउन मद्दत गर्छ ।
उठ्ने बित्तिकै तातो पानीमा कागती मिसाएर पिउनुहोस्ः
तपाईंले आफ्नो दिनको सुरुवात कागती पानीको साथमा गर्नुहोस् । एक गिलास तातो पानीमा आधा चम्चा कागतीको रस राख्नुहोस् । कागती पानीले शरीरलाई तीब्र रुपमा डिटक्स गर्छ ।
प्रोटिनको मात्रा बढाउनुहोस्ः
तौल घटाउन प्रोटिन सबैभन्दा बढी प्रभावकारी मानिन्छ । प्रोटिनले मांसपेशी बन्न सहयोग गर्छ । तपाईंको खानामा कुखुराको मासु, दाल र फलफूलजस्ता खानेकुरा समावेश गर्नुहोस् । यसले तपाईंको भोक नियन्त्रण गर्नुका साथै क्यालोरीको मात्रा पनि कम गर्छ र यसले तौल घटाउन सहयोग गर्छ ।
फाइबर बढाउनुहोस्ः
फाइबरलाई एक प्राकृतिक डिटक्सिफाइङ एजेन्ट मानिन्छ । आफ्नो खानामा अत्यधिक फाइबर समावेश गर्नुहोस् । यसका लागि धेरैभन्दा धेरै काँक्रो, गाजर, सलाद, टुसा उम्रेका गेडागुडी र हरियो पात भएका सागसब्जी खानुहोस् । यसले तपाईंको शरीरलाई भित्रैदेखि बलियो बनाउँछ ।
खाना पहिले नै बनाउनुहोस्ः
स्वस्थ खाना र समयको बचतका लागि खानालाई पहिले नै तयार गर्नु एक राम्रो तरिका मानिन्छ । यस्तो योजना बनाउनुहोस् जसमा थोरै थोरै गरेर धेरै पटक खान मिलोस् । यसो गर्दा तपाईंलाई कम भोक लाग्छ र तपाईं बढी खाने समस्याबाट पनि मुक्त हुनुहुनेछ ।
अत्यधिक पानी पिउनुहोस्ः
चाडपर्वमा अस्वस्थकर खाना खाएपछि शरीरलाई डिटक्स गर्न निकै आवश्यक छ, यसका लागि पानीभन्दा राम्रो विकल्प केही पनि हुनसक्दैन । दिनभरी ८ देखि ९ गिलास पानी पिउनुहोस् । यसो गर्दा तपाईंको शरीरबाट सबै टक्सिन बाहिर निस्कने गर्छ । पानी पिइराख्दा तपाईंले आफूले आफैंलाई ऊर्जावान् पनि महसुस गर्नुहुनेछ । हाइड्रेट रहँदा पाचन तन्त्र राम्रो रहन्छ र तपाईंलाई मज्जाले निद्रा पनि लाग्छ ।
खानामा थुप्रै कुरा समावेश गर्नुहोस्ः
आफ्नो खानामा कार्ब्स र फ्याटजस्ता सामग्री समावेश गर्नुहोस् । आफ्नो डाइटलाई ताजा फलफूल, सागसब्जी, दाल, नट्स र बिउले भरपुर बनाउनुहोस् । यसो गर्दा तपाईंको तौल तीब्र रुपमा घट्नेछ ।
रातो मासुलाई टाढै राख्नुहोस्ः
तिहारपछि आफ्नो पाचन तन्त्रलाई सकेसम्म कम दबाब दिनुहोस् । यसका लागि आफ्नो खानालाई हल्का राख्नुहोस् । खानामा रातो मासु समावेश नगर्नुहोस् र प्लान्ट प्रोटिनको मात्रा बढाउनुहोस् ।
मस्त निदाउनुहोस्ः
निद्रामा कमीको असर तपाईंको स्वास्थ्यमा पर्न सक्छ । चाडपर्व समाप्त भइसकेको छ, तसर्थ सबैभन्दा पहिले आफ्नो निद्रा पूरा गर्नुहोस् । सुत्नुअघि एक कप दुधमा बेसार, केही दालचिनी, अदुवाको पाउडर र सख्खर मिसाउनुहोस् । यसले तपाईंको प्रतिरोधी क्षमता विकसित गर्छ भने तपाईंलाई मिठो निद्रा लाग्न सहयोग गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
-
कुरासाओका गोलरक्षकले तोडे १० वर्ष पुरानो विश्वकप रेकर्ड
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण