जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या ८ लाखभन्दा बढी पुग्यो
एजेन्सी । जर्मनीमा कोभिड १९ का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ । गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ ।
यहाँ यस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाको ज्यान गएको बताएका छन् । जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ ।
जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ । तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण