जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या ८ लाखभन्दा बढी पुग्यो
एजेन्सी । जर्मनीमा कोभिड १९ का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ । गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ ।
यहाँ यस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाको ज्यान गएको बताएका छन् । जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ ।
जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ । तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने
-
नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
-
कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अहिलेको आवश्यकताः नेता केसी