जनकपुरधाममा छठ पर्वको रौनक (फोटो फिचर)
जनकपुर । जकपुरधाममा छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । जनकपुरधामका विभिन्न सरोवर तथा तलाउमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई ब्रतालुहरुले छठ पर्व मनाएका हुन् ।पर्व मनाउन जनकपुरधामका ताल नदीहरुमा बिहानैदेखि अर्घ लिएर श्रद्धालु भक्तजनहरु पुगेका थिए । शुक्रबार अस्ताउँदै गरेको सूर्यलाइ अर्घ दिइएको छ ।

कोरोना महामारीबीच अहिले जनकपुरधामको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड, अग्निकुण्ड, रुकमिणी सागर तलाउ, भुतही पोखरी, बिजारसर तलाउ लगायतका पोखरीहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरु पुगेर धुमधामका साथ छठ मनाउदैँ छन् ।

जनकपुरधामको तलाउ तथा पोखरीमा छठ हेर्न अन्यत्रबाट समेत पर्यटकहरु आउने गरेपनि यस वर्ष भने कोरोना महामारीका कारण बाहिरी पर्यटकहरु जनकपुरधाम आउन सकेनन् । शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन हुनेछ ।

अंगराजसर सागरमा स्थानीयवासी यूवाहरुले स्वास्थ्यलाई ख्याल गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क रुपमा मास्क वितरण गरेका छन् भने अन्य वर्षको तुलनामा विभिन्न घाटमा घुम्ने श्रद्धालु भक्तजनहरुको घुईचो नै लागेको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण