प्रिमियर लिगः सिटीलाई हराउँदै स्पर्स शीर्ष स्थानमा, चेल्सीको विजयी यात्रा जारी
म्यान्चेस्टर सिटीलाई पराजित गर्दै टोटनहम हटस्पर्स इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा स्पर्स २–० गोलअन्तरले विजयी बनेको हो ।
जोसे मोरिन्हो भर्सेस पेप ग्वार्डिओलाको रुपमा हेरिएको खेलमा स्पर्सले उत्कृष्ट रणनीतिक अनुशासन प्रदर्शन गर्दै सिटीलाई हराउन सफल रह्यो ।
खेलको पाँचौ मिनेटमा नै सन ह्युङ मिनले स्पर्सलाई अग्रता दिलाए भने दोस्रो हाफको ६५ औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै स्पर्सको जीत सुनिश्चित गरे । । पहिलो हाफमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले ग्याब्रियल जिसुसको गोललाई रद्द गरेको थियो ।
सन् २०१४ को अगस्तपछि टोटनह्यामले पहिलो पटक लिगको शीर्ष स्थानमा पुगेको हो । ९ खेलबाट टोटनह्यामको २० अंक रहेको छ । उता, सिटी भने ८ खेलपछि १२ अंकसहित लिगको ११ औँ स्थानमा सिमित रहेको छ । सन् २००८–०९ सिजनपछि सिटीको यो सबैभन्दा खराब शुरुवात हो ।

उता, न्युक्यासललाई २–० गोलले पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको जीतमा फेडेरिको फर्नान्डेजले आत्मघाती गोल गरे भने ट्यामी एब्राहमले अर्को गोल थपे । योसँगै चेल्सीले सबै प्रतियोगितामा लगातार पाँच खेलमा हासिल गर्न सफल भएको छ ।

शनिबार नै भएको अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्टब्रोम आल्बियोनलाई हरायो । खेलको दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई जीत दिलाए । यो सिजन आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा युनाइटेड पहिलो पटक विजयी बनेको हो । जीतपछि युनाइटेड आठ खेलबाट १३ अंक बटुल्दै लिगको नवौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण