अमेरिका र चीनको गतिरोधबीच ६० वर्षमा पहिलो पटक ह्वाइट हाउस पुगे तिब्बती नेता
अमेरिका र चीनबीच चलिरहेको व्यापारिक गतिरोधबीच तिब्बतका निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगेले ह्वाइट हाउसको भ्रमण गरेका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार डाक्टर सांगेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेटघाट गरे । तिब्बतको निर्वासित सरकारको कुनै नेताको यो पछिल्लो ६ दशकमा पहिलो आधिकारिक अमेरिकी यात्रा हो ।
पत्रिकाका अनुसार अमेरिकाको यो कदमले चीनसँग पहिले नै चलिरहेको तिखो सम्बन्धमा थप तनाव पैदा हुनसक्छ ।
जानकारका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सिटिए) का लागि यो एक ऐतिहासिक कदम हो किनभने यसले सिटिएको प्रजातान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुख दुबैले मान्यता पाएको छ ।
केन्द्रीय तिब्बती प्रशासन (सिटिए) को मुख्यालय भारतस्थित हिमाचल प्रदेशको धर्मशालामा छ ।
सिटिएका प्रवक्ताले भने, ‘हामी खुसी छौं कि दुई लोकतन्त्रले एक अर्कालाई मान्यता दिइरहेको छ । सिटिए र उनका नेतालाई ह्वाइट हाउसमा स्वागत गरिनुलाई एउटा राम्रो सुरुवात भन्न सकिन्छ । आशा छ कि अबको वर्षमा अमेरिकी अधिकारीसँग सिटिएको सहभागिताको सकारात्मक चलन बढ्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालसामु बृहत् लगानी तथा उत्पादनको अवसर छ : मन्त्री भण्डारी
-
‘सिधा कुरा’ प्रकरणमा नाम जोडिएकोप्रति अख्तियारको आपत्ति
-
गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो
-
एकता गर्न ठिक्क परेको मोहन वैद्यको पार्टी फुट्यो
-
कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?
-
जिफन्टले भन्यो– श्रमिकमाथिको शोषण झन् बढ्यो