अमेरिका र चीनको गतिरोधबीच ६० वर्षमा पहिलो पटक ह्वाइट हाउस पुगे तिब्बती नेता
अमेरिका र चीनबीच चलिरहेको व्यापारिक गतिरोधबीच तिब्बतका निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगेले ह्वाइट हाउसको भ्रमण गरेका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार डाक्टर सांगेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेटघाट गरे । तिब्बतको निर्वासित सरकारको कुनै नेताको यो पछिल्लो ६ दशकमा पहिलो आधिकारिक अमेरिकी यात्रा हो ।
पत्रिकाका अनुसार अमेरिकाको यो कदमले चीनसँग पहिले नै चलिरहेको तिखो सम्बन्धमा थप तनाव पैदा हुनसक्छ ।
जानकारका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सिटिए) का लागि यो एक ऐतिहासिक कदम हो किनभने यसले सिटिएको प्रजातान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुख दुबैले मान्यता पाएको छ ।
केन्द्रीय तिब्बती प्रशासन (सिटिए) को मुख्यालय भारतस्थित हिमाचल प्रदेशको धर्मशालामा छ ।
सिटिएका प्रवक्ताले भने, ‘हामी खुसी छौं कि दुई लोकतन्त्रले एक अर्कालाई मान्यता दिइरहेको छ । सिटिए र उनका नेतालाई ह्वाइट हाउसमा स्वागत गरिनुलाई एउटा राम्रो सुरुवात भन्न सकिन्छ । आशा छ कि अबको वर्षमा अमेरिकी अधिकारीसँग सिटिएको सहभागिताको सकारात्मक चलन बढ्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण