कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
सोमबार, ०८ मङ्सिर २०७७, ०९ : ४२
काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा इलाम–१ का २५ वर्षीय पुरुष र सुनसरी विराट चोकका २७ वर्षीय पुरुष भएका बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।
अस्पतालका अनुसार सुनसरीका २७ वर्षीय पुरुषको आज विहान ६ः४० मा मृत्यु भएको हो । उनी पहिलेदेखि नै दीर्घरोगी थिए ।
यस्तै, इलामका २५ वर्षीय पुरुषको आइतबार राति ९ः३० मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा नै मृत्यु भएको हो । उनी पनि पहिलेदेखि नै दीर्घरोगी थिए ।
मृतक दुवैको शव नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र ‘दलित अधिकार’ विधेयक अघि बढाउने मन्त्री शाहीको प्रतिबद्धता
-
कर्णाली एमालेको विवादबारे अध्यक्ष ओलीसमक्ष शाहको गुहार
-
गर्मीका कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा
-
लुम्बिनीमा शनिबारदेखि अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी
-
रविको ‘आदेश’मा लुकाइयो साढे ४४ लाखमा तयार सुन आयोगको प्रतिवेदन
-
आईपीएलको लिग चरणपछि इङ्ल्यान्डका खेलाडी स्वदेश फर्कने