कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
सोमबार, ०८ मङ्सिर २०७७, ०९ : ४२
काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा इलाम–१ का २५ वर्षीय पुरुष र सुनसरी विराट चोकका २७ वर्षीय पुरुष भएका बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।
अस्पतालका अनुसार सुनसरीका २७ वर्षीय पुरुषको आज विहान ६ः४० मा मृत्यु भएको हो । उनी पहिलेदेखि नै दीर्घरोगी थिए ।
यस्तै, इलामका २५ वर्षीय पुरुषको आइतबार राति ९ः३० मा बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा नै मृत्यु भएको हो । उनी पनि पहिलेदेखि नै दीर्घरोगी थिए ।
मृतक दुवैको शव नियमानुसार व्यवस्थान हुने अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण