रातो पहिरनमा ब्युटिफुल सना, विवाहपछि फेरिन् नाम
मङ्गलबार, ०९ मङ्सिर २०७७, १८ : ३३
मुम्बई । बिग बोस फेम सना खान अचेल आफ्नो विवाहको कारणले चर्चामा छिन् । पछिल्लो समय उनले फिल्म क्षेत्र छोडेर आफुलाई अल्लाहमा समर्पित गरेकी छन् । सनाले २० नोमेम्बरमा मुफ्ती अनस सैयदसँग विवाह गरेकी हुन् । बिवाहपछि उनले आफ्नो नाम समेत परिवर्तन गरेकी छन् । जसको जानकारी उनले सामाजिक सञ्जालबाट गराएकी हुन् ।
सनाले परिवर्तन गरेको नाम सैयद सना खान हो । अहिले उनले विवाहको पहिलो तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरमा सनालाई पति मुफ्ती अनस सैयदको साथमा देख्न सकिन्छ । तस्बिरमा सनाले रातो कलरको लेहंगा लगाएकी छन् भने उनका पति सेतो कलरको आउटफिटमा देखिएका छन् । सना रातो लेहेंगामा निकै सुन्दर देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, विदेशमन्त्री पनि सवार