शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजिप्टले लियो सुरुवाती अग्रता

शनिबार, २० असार २०८३, ०० : ०१
शनिबार, २० असार २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को भिडन्तमा इजिप्टले अस्ट्रेलियाविरुद्ध सुरुवाती अग्रता लिएको छ। 

डल्लास स्टेडियममा जारी खेलको १३औँ मिनेटमा इमाम असरले गोल गर्दै इजिप्टलाई १-० को अग्रता दिलाएका हुन्। 

खेलको सुरुवाती चरणमा अस्ट्रेलियाका क्रिस्टियन भोल्पाटोको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएपछि खेल नियन्त्रणमा लिएको इजिप्टले लगत्तै गोल गर्न सफल भएको हो । स्टार स्ट्राइकर मोहम्मद सलाहको कप्तानीमा मैदान उत्रिएको इजिप्टले यो गोलसँगै प्रिक्वार्टरफाइनल पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ भने अस्ट्रेलिया अहिले दबाबमा देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप