भारती सिंहलाई ड्रग्स दिने व्यक्ति पक्राउ, ‘डेलिभरी बोय’ बनेर गर्थे आपूर्ति
ड्रग्स मामिलामा पक्राउ परेका हास्यकलाकार भारती सिंह र हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापामारी उनको घर र कार्यालयबाट गाँजा भेटिएको सोधपुछको क्रममा आफूहरुले गाँजा सेवन गर्ने गरेको स्विकार गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
भारती र हर्षसम्म ड्रग्स पुर्याउने कारोबारीलाई एनसीबीले बुधबार पक्राउ गरेको छ ।
मुम्बईका बान्द्रा कोर्ट जक्सनले बुधबार राती सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । उनीसँग १.२५० किलो ड्रग्स पनि बरामद भएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको बताए ।
प्रहरीको निगरानीबाट बच्न सुनिल सधैं फूड डेलिभरी बन्ने गर्दथे । तर यसपटक एनसीबीले पूरा तयारीसहित जाल बिछ्याए र उनलाई आफ्नो गिरफ्तमा लिए । सुनिलले भारती सिंहलाई पनि आफूले ड्रग सप्लाई गर्ने जानकारी दिए । आरोपी कारोबारीको नेटवर्क पश्चिमी मुम्बईमा धेरै सक्रिय थियो । उनको धेरैजसो ग्राहक पनि त्यसै इलाकाका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण