मेसी भन्छन्– १० लाख वर्ष खेल्दा पनि म्याराडोना बराबर हुन सक्दिनँ
एजेन्सी । ‘म्याराडोना तिमी कुन ग्रहबाट हौं ?’ सन् १९८६ को विश्वकप सेमिफाइनलमा म्याराडोनाले इङल्यान्डका ६ खेलाडीलाई छक्याएर गोल गरेलगत्तै उरुग्वेली टेलिभिजन कमेन्टेटर हुुगो मेरालेसले सोधेका थिए । म्याराडोनाको यो गोल ‘गोल अफ दि सेन्चुरी’ नामले विख्यात छ र विश्वकप इतिहासकै सर्वाधिक उत्कृष्ट गोल मानिन्छ ।
६० वर्षको उमेरमा गत बुुधबार हृदयघातले निधन भएका म्याराडोनाबारे अन्य खेलाडीहरुको दृष्टिकोण, उनीहरुकै शब्दमा -
लियोनल मेसी– १० लाख वर्षसम्म खेलेपनि म कहिल्यै म्याराडोना नजिक आउन सक्दिनँ । उनी अहिलेसम्मकै महान् खेलाडी हुन् ।
कलार्लोस् टेभेज– डिएगो म्याराडोना अर्जेन्टिनीहरुका भगवान् हुन् र उनी सधैं भगवान् रहनेछन् ।
माइकल प्लाटिनी– जिनेदिन जिदानले बलमार्फत जे गर्नसक्छन्, म्याराडोनाले त्यो सुन्तलामार्फत नै गर्छन् ।
जिको– उनी उत्कृष्ट हुन्, कुनै प्रश्न छैन । मैले म्याराडोनाले त्यस्तो खेलेको देखेको छु, जसलाई देख्दा यो सम्भव छ र भन्ने दुविधा भगवान्लाई पनि हुनसक्छ ।
फ्रान्को बारेसी– जब म्याराडोनामा लयमा थिए, त्यतिबेला उनलाई ठाउँ कुनै बाटो नै थिएन ।
एरिक क्यान्टोन– पेल र म्याराडोनाबीचको महत्त्वपूर्ण फरक भनेको म्याराडोना उत्कृष्ट खेलाडीबाट घेरिएका थिएनन्, उनले आफैंले टिमको जिम्मेवारी लिनुपरेको थियो । यदि, तपाई अर्जेन्टिनाको टोलीबाट म्याराडोनालाई निकाल्नुुभयो उनीहरुको विश्वकप जित्न सक्दैनथें होलान् । तर, मलाई लाग्छ ब्राजिलले पेले बिना पनि जित्नसक्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण