म्याराडोनाका डाक्टरको घर र क्लिनिकमा प्रहरीको छापा
अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको चार दिनपछि उनका डाक्टर लियोपोल्डो लुकेको क्लिनिक र घरमा प्रहरुीले छापा हानेको छ ।
म्याराडोना संसारका सबैभन्दा चर्चित र महान खेलाडीमध्ये एक हुन् । प्रहरी छापामारी मार्फत् म्याराडोनाको उपचारमा कुनै लापरवाही त गरिएको थिएन भनेर अनुसन्धान भइरहेको छ ।
६० वर्षको उमेरमा म्याराडोनाको २५ नोभेम्बरमा अर्जेन्टिनाको राजधानी ब्यूनस आइरसस्थित उनको घरमा हृदयघातका कारण उनको निधन भएको थियो ।
म्याराडोनाका छोरीहरुले आफ्ना पितालाई कस्ता औषधी दिइएको थियो, यसबारे अनुसन्धान होस् भनेर माग गरेका थिए । नोभेम्बर महिनाको सुुरुवातमा नै म्याराडोनाको मस्तिष्कबाट जमेको रगत निकाल्न गरिएको शल्यक्रिया सफल भएको थियो । यसबाहेक रक्सीको लत छुटाउनका लागि पनि उनको उपचार चलिरहेको थियो ।
डा. लुकेले आफूले प्रहरीको अनुसन्धानमा मद्दत गरिरहेको बताएका छन् । उनले म्याराडोनाको ज्यान बचाउन अन्तिम अवस्थासम्म पनि हरसम्भव प्रयास गरिएको बताए । करिब ३० प्रहरीले स्थानीय समयानुसार आइतबार बिहान डा. लुकको घरमा छापामारी गरेको थियो र अन्य ३० ले ब्यूनस आइरसमा उनको क्लिनिकमा छापा हानेका थिए ।
यो छापामारी मुद्दा चलाउने व्यक्तिहरुको आदेशमा हानिएको थियो जसमार्फत् म्याराडोनाका अन्तिम दिनमा के–के भएको थियो भनेर पत्ता लगाउने कोसिस भइरहेको छ । जब म्याराडोनालाई स्वास्थ्य लाभका लागि घर पठाइएको थियो तब उनी डिस्चार्ज हुने स्थितीमा नै नभएको बताइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण