दैनिक खाइने यस्ता खानेकुरा हुनसक्छन् खतरनाक, यी कुरा ध्यानमा राख्नुहोस्
शरीरलाई स्वस्थ राख्नका लागि खानपिनका कुरामा विशेष ध्यान दिन आवश्यक छ । स्वस्थ खानेकुरा खाने बेला केही कुरा याद पनि गर्नुपर्छ नभए यसले शरीरलाई फाइदाको साटो हानी पुर्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।
चेरीको दानाः
चेरीले मुटुरोगलाई कम गर्नुका साथै पाचन क्रियालाई सही राख्छ तर यसको दाना हानिकारक हुन्छ । चेरीको दाना असाध्यै कडा हुन्छ र यसमा प्रुसिक एसिड हुन्छ जुन निकै विषालु मानिन्छ । यदि तपाईंले गल्तीपूर्वक चेरीको दाना निल्नुभएको छ भने डराउनु पर्र्दैन, यो कुनै न कुनै तरिकाले बाहिर आउँछ । चेरी खाँदा यसको दाना चपाउने कोसिस नगर्नुहोस् ।
हरियो आलूः
हरियो वा अंकुरित आलूमा गलाइकोसाइड नामको विषाक्त पदार्थ हुन्छ । हरियो आलू खानु सुरक्षित मानिँदैन । ग्लाइकोसाइडयुक्त हरियो आलू खाँदा रिँगटा लाग्ने र टाउको दुख्ने समस्या हुनसक्छ ।
स्याउको दानाः
स्याउको दानामा केही मात्रामा साइनाइड हुन्छ, जसले शरीरलाई क्षती पुर्याउँछ । यसले सास फेर्न समस्या निम्त्याउँछ । तर गल्तीपूर्वक यसको दाना निलेको खण्डमा आत्तिहाल्नुपर्ने स्थिती भने हुँदैन । स्याउको दानामा एक सुरक्षात्मक कोटिङ हुन्छ जसले साइनाइडलाई शरीरको तन्त्रमा प्रवेश गर्नबाट रोक्छ । स्याउ खानेबेला सावधान हुनुहोस् र यसको दाना हटाएर मात्रै खानुहोस् ।
जाइफलः
जाइफलको थोरै मात्राले खानाको स्वाद बढाउने काम गर्छ तर यसको एक चम्चाको सेवनले मात्रै पनि यसले हानी गर्छ । जायफलमा मिरिस्टिसिन नामको रसायन उच्च मात्रामा पाइन्छ जसका कारण यसको बढी मात्राले रिँगटा लाग्ने, मतिभ्रम हुने र हृदयघातको समेत समस्या निम्तिन सक्छ ।
काँचो काजूः
साधारणतया पसलमा पाइने काजू काँचो हुँदैन । बजारमा आउनुअघि काजूलाई उमालेर उरुशिओल नामको विषालू पदार्थ निकालिनेछ गरिन्छ । नउसिनेको काजू खाँदा एलर्जीको समस्या हुनसक्छ ।
च्याउः
च्याउ स्वादिलो हुन्छ र यसले शरीरलाई निकै फाइदा पुर्याउँछ तर च्याउ खाँदा यसको पहिचान भने गर्न सक्नुपर्छ । जंगली च्याउ खाँदा पेट दुख्ने, बान्ता आउला जस्तो हुने, डिहाइड्रेसन र फोक्सोमा समस्या हुनसक्छ ।
काँचो आँपः
काँचो आप, यसका बोक्रा र पातमा पनि विषाक्त पदार्थ पाइन्छ । यदि तपाईंलाई एलर्जीको समस्या छ भने काँचो आँप खाँदा तपाईंको छालामा बिमिरा देखिने र शरीर सुन्निने समस्या पनि हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण